बैशाख १३ । पछिल्लो समय नायिका आलिया भट्टको क्रेज बलिउडमा खुबै देखिन्छ। आलिया निरन्तर एक पछि अर्को चलचित्रमा काम गरिरहेकी छिन्। उनी कहिल्यै खाली हात बस्नु परेको छैन।
आलिया अभिनित केही चलचित्र छायांकनको क्रममा थिए। प्रेमी रणवीर कपुरसँग स्कृन सेयर गरेको चलचित्र ‘ब्रम्हाश्त्र’ छायांकनको अन्तिम चरणमा थियो। तर, कोरोनाको कारण यस चलचित्रको छायांकन पनि रोकिएको छ। निर्मणपक्षले यस चलचित्रलाई सन् २०२० मा रिलिज लक्ष्य राखेको छ।
त्यस्तै, यसै वर्ष रिलिज लक्ष्य राखेको चलचित्र ‘आरआरआर’ले पनि आफ्नो छायांकन पूरा गर्न सकेन। यस चलचित्रमा पनि आलिया मुख्य भूमिकामा प्रस्तुत भएकी छिन्।
‘बाहुबली’ फ्रेम्ड निर्देशक एसएस राजमौलीको निर्देशनमा बनिरहेको यस चलचित्रमा दक्षिण भारतिय चलचित्रमा दुई स्टार जुनियर आरटिआर र राम चरणको मुख्य भूमिका रहेको छ। चलचित्रमा अजय देवगण पनि देखिनेछन्।
त्यस्तै, आलिया आफ्नै पिता महेश भट्टले बनाउन लागेको चलचित्र ‘सडक ३’मा पनि देखिने छिन्। यस चलचित्रको मुख्य भूमिकामा पनि आलिया पक्का भइसकेकी छिन्। तर, चलचित्रको छायांकन कहिलेबाट सुरु हुने हो भन्ने अन्योल छ।
आलिया बलिउडमा सफल निर्देशक संजयलिला भन्सालीको दुई चलचित्रको लागि अनुबन्धित छिन्। चलचित्र ‘गंगुबाई कठियावाडी’को छायांकनको लागि त निर्देशक भन्सालीले सेट नै तयार गरिसेकका थिए। तर, कोरोनाका कारण यस चलचित्रको छायांकन सुरु हुन सकेन।
त्यस्तै, भन्साली नै बनाउने अर्को नयाँ चलचित्रमा पनि आलिया पक्का छिन्। नाम सार्वजनिक नगरिएको यस चलचित्रमा आलियाले रणवीर सिंहसँग स्कृन सेयर गर्ने छिन्। आलिया र रणवीर यस अघि चलचित्र ‘गल्ली ब्वाई’मा देखिएका थिए।
यसरी हेर्दा, आलियालाई यो वर्ष चलचित्रको छायांकनको लागि समय मिलाउन निकै हम्मे हम्मे पर्ने देखिन्छ। छायांकनको अन्तिम चरणमा पुगेका चलचित्र र छायांकनको तयारीमा रहेका दुबै चलचित्रले कोरोनाको त्रासपछि छायांकन सुरु गर्ने लक्ष्य राखेको हुँदा आलियालाई समस्या हुने देखिन्छ।


























