गोरखा, बैशाख ११ । अजिरकोट गाउँपालिका वडा नं. ४ सिमजुङ निवासी धनबहादुर गुरूङले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण तथा रोकथामका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन्। आज गाउँपालिकाको कार्यालय पुगेर गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्थाका लागि एकहजार थान सर्जिकल मास्क तथा १० लिटर स्यानिटाइजर सहयोग गरेका हुन्।
पर्यटन व्यवसायी गर्दै आएका गुरूङले आज गाउँपालिकाका अध्यक्ष फणिन्द्र धिताललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। गाउँपालिकाभित्रका स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको मुटु फाउण्डेशनका अध्यक्ष समेत रहेका गुरुङले बताए। विश्वभर त्रास फैलाइरहेका बेला नेपालमा पनि सबैले आ–आफ्नो स्थानबाट सकेको सहयोग गर्ने र सतर्कता अपनाउनु आवश्यक रहेको उनको भनाइ छ।
Facebook Comments


























