काठमाडौं, बैशाख ११ । आज साँझ थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ २६ वर्षिय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो। आजै दुईजनामा काेराेना देखिएकाे थियाे।
मन्त्रालयकाे तथ्यांकअनुसार नाै हजार २०० वटा नमुनाकाे पिसिआर परीक्षण गर्दा ४८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे। जसमध्ये १० जना संक्रमित निकाे भएर घर गइसकेका छन्। हाल उपचाररत रहेका सबै बिरामीकाे स्वास्थ्यावस्था सामान्य रहेकाे मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए।
Facebook Comments


























