काठमाडौं, बैशाख १० । प्रदेश एकको विभिन्न स्थानमा मंगलबार राती वर्षासँगै चट्याङ लाग्दा पाँच जना घाइते भएका छन्।
एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मंगलबार राती उदयपुर तथा इलाममा चट्याङ पर्दा मानिससँगै केही चौपायामा क्षति पुगेको हो।
प्रहरी कार्यालयका अनुसार मंगलबार वर्षासँगै राती करिब साढे ११ बजे परेको चट्याङका कारण उदयपुरको कटारी नगरपालिका ११ बेतिनिका ५५ वर्षीय चन्द्रबहादुर मगरको परिवार घाइते भएका छन्।
मगरसँगै चट्याङले ४८ वर्षीया मनकुमारी मगर, ७० वर्षीया मनमाया मगर र सुमन मगर घाइते भएका हुन्। त्यसैगरि, सोही नगरपालिका ६ रिस्कुमा स्थानीय मेनुका राईको १२ वर्षीय छोरा अस्मान राई सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
Facebook Comments


























