चरिकोट, बैशाख १० । मौरीको घारको विषयमा विवाद हुँदा भाइले कुखुरी प्रहार गरी दाजुको हत्या गरेका छन्।
मंगलबार राती करिब ७ बजे शैलुङ गाउँपालिका ३ का ५३ वर्षीय रामबहादुर खड्काले आफ्नै ५७ वर्षीय दाजु दुर्गाबहादुर खड्कालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका थिए। गम्भीर भएका खड्काको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए।
खुकुरी प्रहार गर्ने रामबहादुरलाई खुकुरीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Facebook Comments


























