बैशाख ९ । भारतमा कम्तिमा ५३ जना पत्रकारमा कोरोना भाइरस संक्रमण देखिएको छ।
मुम्बईमा १६७ पत्रकारमा कोरोना परीक्षण गर्दा ५३ जनामा संक्रमण फेला परेको हो। तीमध्ये अधिकांश टेलिभिजन पत्रकारहरु रहेको भारतीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन्।
औसतमा प्रत्येक ३ जना परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण देखिएपछि त्यहाँका सञ्चार माध्यम र सञ्चारकर्मीहरु समेत बढी सजग हुन आव्हान गरिएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयले समेत यसको पुष्टि गर्दै पत्रकारहरुलाई सुरक्षाका उपाय अपनाउन भनेको छ। भारतमा अन्य प्रदेश तथा क्षेत्रमा समेत सञ्चारकर्मीहरुमा एकाध कोरोना भाइरस पोजेटिभ भएको तथ्यांकहरु सार्वजनिक भइरहेका छन्। परीक्षण गरिएको मुम्बईमा यो तथ्यांक आएको हो। भारतमै अन्य कतिपय स्थानमा कार्यरत पत्रकारको स्वास्थ्य परीक्षण भएको छैन।
Facebook Comments

























