तुलसीपुर, बैशाख ९ । राष्ट्रिय वनमा काठ काट्दै गरेको अवस्थामा चार जनालाई गए राति पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा दाङ, गढवा गाउँपालिका वडा नं ५ निवासी रामदिन यादव र रामकुमार यादव तथा वडा नं ६ का दिलीप कुमाल र अनिलकुमार कुमाल रहेको देउखुरी डिभिजन कार्यालय दाङका सहायक वन अधिकृत देवी चौधरीले जानकारी दिए।
मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम भएका बेला लकडाउनका अवस्थामा चोरी गर्ने क्रम बढेको सहायक वन अधिकृत चौधरीले बताए। रासस
Facebook Comments


























