काठमाडौं, बैशाख ८ । लकडाउनका कारण अलपत्र परेका १ सय १० रुसी नागरिक सोमबार चार्टर उडानबाट स्वदेश फर्केका छन्।
काठमाडौंबाट ११० जना रुसी नागरिक लिएर रुसी रोयल फ्लाइट आज दिउँसो १२ः४० बजे रुसको मस्को उडेको छ। आज विहान साढे १० बजे काठमाडौं पुगेको सो जहाज १२ः४० बजे मस्कोका लागि उडेको हो।
नेपालले अन्तर्राष्ट्रिय उडानमा गरेको प्रतिबन्ध र आन्तरिक रूपमा घोषणा गरेको लकडाउनका कारण नेपालमै फसेका रुसका नागरिक बोकेर उक्त जहाज मस्को उडेको हो।
अन्य देशहरुले नेपालबाड आफ्ना नागरिकहरुलाई फिर्ता लगिसकेका छन्। लकडाउनयता नेपालबाट ४ हजारभन्दा बढी विदेशी चार्टर्ड उडानबाट आफ्नो मुलुक फिर्ता भइसकेका छन्।
Facebook Comments


























