मुम्बई, बैशाख ८ । बलिउड अभिनेता संजय दत्तलाई जेलको बसाई र अहिलेको घरको बसाई उस्तैलागेको उनले बताएका छन्। आफ्ना २ सन्तान सहित पत्नी मान्यता दत्त केही समय देखि दुबईमा छिन्। मुलुकमा लक डाउन सुरु हुनु अघि पत्नी मान्यता दुवई गएकी हुन्। एकातिर आफ्नो पत्नी र छोरा छोरी दुबईमा हुन्। अर्को तर्फ आफु एक्लै मुम्बईमा बस्नुले पनि उनलाई एक्लो महसुस भएको हो।
‘भारतमा अहिले लक डाउन चलिरहँदा यतीबेला मलाई जेलमा बसेको जस्तो महसुस भईरहेको छ।’ भारतीय सञ्चार माध्यम टाईम्स अफ इन्डियासँग कुरागर्दै यी अभिनेताले यस्तो अनुभूति सुनाएका हुन्,‘धेरैलाई यो ४२ दिनको लक डाउन जेल जस्तो लागेको छ। तर मैले जेल बस्दा यस्तो धेरै लक लकडाउन बिताईसकेको छु।’ यतीबेला आफुलाई लक डाउनमा एक्लो बस्नु परेको भन्दा पनि परिवारको बढी याद आएको यी अभिनेताले बताएका छन्।
‘तैपनि मैले प्राविधिको कारण श्रीमती र केटाकेटीलाई प्रत्यक्ष देख्न पाईरहेको छ। जेलमा हुँदा र यहाँ हुँदाको फरक यतीमात्र भए पनि बाँकी अरु सबै मलाई उस्तै उस्तै लागेको छ।’ समयले मानिसलाई समुहमा बस्न र एक्लै बस्ने पनि सिकाउने गरेको यी अभिनेताको कथन छ। अहिले मानिसलाई समयले एक्लो बस्न सिकाएको संजयले बताए। यस्तो एक्लो बसाईले आउँदा दिनमा जहाँ पनि एक्लो बस्दा मानिसहरुलाई कठिनाई नहुने पनि यी अभिनेताको जिकिर छ।
सन १९९१ को बम कान्डको मुद्धाले पटक पटक गरेर यी अभिनेताले ६ वर्ष जेल जिवन विताएका थिए। यसरी ६ वर्ष जेल बस्दाको अनुभवले अहिले लक डाउनमा होम क्वारेन्टाईन उनलाई सामान्य महसुस भएको अभिनेता संजयले खुलस्त पारेका छन्।


























