काठमाडौं, बैशाख ७ । लकडाउनको बेलामा पनि सर्वोच्च अदालत सक्रिय छ। नियमित मुद्दाहरुको सुनुवाइ नभए पनि केही विशेष प्रकृतिका मुद्दाहरुको भने सुनुवाइ भइरहेको छ।
आज सर्वोच्च अदालतमा ३ वटा बेन्च बसेको छ। १५ वटा मुद्दा पेसी चढेकोमा ११ वटामा आदेश भएको छ।
न्यायाधीश प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा र मनोजकुमार शर्मा रहेको पूर्ण इजलाश, विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मी रहेको संयुक्त इजलास र विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलास बसेको छ।
एकल इजलासले बन्दीप्रत्यक्षीकरण ३ थान मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। त्यस्तै, संयुक्त इजलासले पनि बन्दीप्रत्यक्षीकरणको एउटा रिट खारेज गरेको छ। पूर्ण इजलासले १० वटा रिट निवेदनमा अनुमति नहुने आदेश गरेको छ।
Facebook Comments


























