चितवन बैशाख ७ । चितवनको रत्ननगरमा आज गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणमा एक जनामा एन्टीबडी पोजिटिभ देखिएको छ ।
गुञ्जमान सिंह हस्पिटल रत्ननगरमा गरिएको र्यापिड टेस्टमा एक जनामा पोजिटिभ देखिएको रत्ननगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले जानकारी दिए। आज ११ जनाको परीक्षण गर्दा एक मुस्लिम समुदायको महिलामा पोजिटिभ देखिएको हो।
ती महिलालाई पीसीआर परीक्षणका लागि भरतपुरको कोरोना (कोभिड-१९) अस्पतालमा ल्याइएको छ।
Facebook Comments


























