बैशाख ७ । बार्सिलोनाका पूर्व अध्यक्ष सान्ड्रो रोसेलले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारलाई क्लबले पुनस् अनुबन्ध गर्ने बताएका छन्।
स्पेनिस पत्रिका मुण्डो डिपोर्टिभोसँग कुरा गर्दै पूर्व अध्यक्ष सान्ड्रोले नेयमारलाई बार्सिलोनाले पुनः अनुबन्ध कुरामा दुविधा नभएको बताए।
‘पक्कै पनि कुनै दुविधाबिना बार्सिलोनाले नेयमारलाई अनुबन्ध गर्नेछ,’ उनले भने।
ब्राजिलियन फरवार्ड नेयमार सान्ड्रो अध्यक्ष भएको समय बार्सिलोना आएका थिए। सन् २०१३ मा बार्सिलोनाले ब्राजिलियन क्लब सान्तोसबाट नेयमारलाई अनुबन्ध गरेको थियो।
तर, नेयमार सन् २०१७ मा कीर्तिमानी मूल्यमा पीएसजी गएका थिए। पछिल्लो समय नेयमार पीएसजीक खुसी नभएको बताईएको छ।
यस्तै नेयमार अनुबन्धका लागि बार्सिलोनाले समेत चासो देखाईरहेको छ। चार सिजन क्लबमा रहदा नेयमारले बार्सिलोनाका लागि १ सय ५ गोल गरेका थिए।
यस सिजन पीएसजीका लागि नेयमारले २२ खेलमा १८ गोल गरिसकेका छन्। तर, कोरोना भाईरसको महामारीको कारण लिन स्थगित भएको छ। एजेन्सी


























