काठमाडौं, बैशाख ६ । देशमा आज नयाँ कोरोना संक्रमित भेटिएका छैनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज कुनैपनि नयाँ संक्रमित नभेटिएको जानकारी दिए।
हिजो एकै दिन १४ जना नयाँ संक्रमित भेटिएको थियो। हिजो भेटिएकामा उदयपुरमा १४ पुरुषका अलावा चितवनमा ६३ वर्षीया महिला र एक युवक छन्। उदयपुरमा भेटिएकाहरु २० देखि ४० वर्ष उमेरका छन्।
नयाँ कोरोना संक्रमित आज नभेटिएपनि त्रास भने उत्पन्न भएको छ। उदयपुरमा त्रियुगा नगरपालिका शिल्ड गरिएको छ। अन्य जिल्लामा पनि रयापिड टेष्ट गर्दा नेगेटिभ आएपछि त्रास फैलिएको छ।
Facebook Comments

























