रौतहट, बैशाख ६ । रौतहटको कटहरिया नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
गएराति ९ बजे बालुुवा लिएर आउँदै गरेको ना२त २४५७ नम्बरको ट्याक्टर कटहरिया १ भसेढवा स्थित नहरछेउमा पल्टिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा ट्याक्टरमा बसेका बालुवाधनी कटहरिया ८ पिप्रापोखरियाका ३५ वर्षीय दिनेश राय यादव रहेको प्रहरीले जनाएको छ।
लकडाउनको अवधिमा राति प्रहरीको आँखाछलेर बालुुवा ल्याउनेक्रममा तीव्रगततीमा नहरको डिलमा ट्याक्टर चलाउँदा दुुर्घटना भएको प्रारम्भिक अनुमान रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख ज्ञानकुमार महतोले जानकारी दिएका छन्।
दुर्घटनामा परेको ट्याक्टर र चालक कटहरिया १ का सोनालाल दास नियन्त्रणमा रहेको डिएसपी महतोले जानकारी दिएका छन् ।
Facebook Comments


























