पाेखरा, बैशाख ६ . कास्कीको पोखरामा शनिवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ११ बजेर १५ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो।
कास्कीको पुरनचौरलाई केन्द्र बनाएर ३ म्याग्नीच्यूडको भुकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि वैशाख ४ गते सोलुखुम्वुमा ४ दशमलव ७ म्याग्नीच्यूटको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
Facebook Comments

























