बैशाख ६ । भेट्रान गोलकिपर जियानलुईजी बुफोनले युभेन्ट्ससंग नयाँ सम्झौता गर्ने तयारी गरेका छन्। ईटालीमा कोरोना भाईरसका कारण गरिएको लकडाउन खुले लगत्तै ४२ बर्षिया गोलकिपरले क्लबसंग नयाँ सम्झौता गर्ने तयारी गरेका हुन्।
उनी गोलकिपरको रुपमा २६ औं व्यवसायीक सिजन खेल्न उत्सुक छन्। ईटालीका पूर्व खेलाडी फ्रान्सेस्को टोटी र फाबियोले कान्नावाराले विश्वकप विजेता बुफोनलाई युभेन्ट्सले नरोकेसम्म व्यवसायीक फुटबल खेलिरहने बताएका थिए।
रोमाका पूर्व कप्तान टोटीले सम्भव भएसम्म बुफोनले करियरलाई जतिसक्दो अघि बढाउने आशा व्यक्त गरेका छन्। बुफोन गत सिजन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए। एक सिजन लगत्तै उनी ईटालियन क्लब युभेन्ट्स फर्किएका थिए।
ुमैले भनेको छु। बुफोन ५० बर्षको उमेरसम्म खेल्न चाहन्छन्। तर उनी दुई वा तीन अरु सिजन खेल्न सक्छन्। यसको अलावा उनी लक्ष्यमा छन्, र एक ब्याक अपको रुपमा रहेका छन्।ु टोटीले भनेका छन्।
ईटालीलाई सन् २००६ मा विश्वकपको उपाधि जिताएका ४६ बर्षको पूर्व कप्तान कान्नावाराले सन् २०११ मा व्यवसायीक फुटबलबाट सनयास लिएका थिए। त्यस्तै ४३ बर्षका टोटीले सन् २०१७ मा व्यवसायीक करियर सकाएका थिए।
बुफोनले प्रष्ट रुपमा आफुले चाँडै करियर अन्त्य नगर्ने बताउँदै आएका छन्। कान्नावेरोले बुफोनको करियरको बिषयमा स्पष्ट पार्दै उनी सन्यास लिन नचाहेको उल्लेख गरेका छन्।
ुहामी सबैलाई थाहा छ। बुफोन रोकिन चाहदैनन्। तर उनीहरुले बुफोनलाई रोक्नैपर्छ। त्यो निकै फरक हुनेछ।ु युभेन्ट्सका पूर्व सेन्टर डिफेन्डरले भनेका छन्। एजेन्सी


























