बैशाख ६ । वेल्समा रग्बीका तीन खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ। वेल्सको राष्ट्रिय टिमका मुख्य प्रशिक्षक वाएन पिभाकले तीन खेलाडीमा कोरोना देखिएको बताएका हुन्।
न्युजिल्याण्डको न्युज(१ सँग कुरा गर्दै प्रशिक्षक पिभाकले खेलाडीमा कोरोना देखिएको बताएका हुन्। तर, उनले तीन खेलाडी निको भएको समेत बताए।प्रशिक्षक पिभाकले तीन खेलाडीको नाम आफुले नखुलाउने समेत बताए।
वेल्सको टिमले यस समर जापान, न्युजिल्याण्ड, अर्जेन्टिना र दक्षिण अफ्रिका भ्रमण गर्ने तालिका रहेको छ। तर, कोरोनाको कारण भ्रमण अन्योलमा रहेको छ। एजेन्सी
Facebook Comments


























