धादिङ, बैशाख ५ । दक्षिण कोरियाबाट फर्केको ४२ दिन पछि द्रुत परिक्षणमा कोराना पोजेटिभ देखिएका ज्वालामुखि गाँउपालिका वडा नं. ३ अमराईका दिपक सापकोटाको पोलिमरेज चेन रियाक्सन (पिसिआर) रिपोर्ट नेगेटिभ आएको छ।
जिल्ला अस्पताल धादिङमा उच्च ज्वरो आएर चैत्र २९ गतेबाट उपचार गराई रहेका त्रिपुरासुन्दरी गाँउपालिका वडा नं. ६ का अमित परियारको पनि पोलिमर चेन रियाक्सन (पिसिआर) नेगेटिभ आएको र उनको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको धादिङ अस्पतालका सुचना अधिकारी विक्रम विश्वकर्माले बताए ।
Facebook Comments


























