मुम्बई, बैशाख ५ । बलिउड अभिनेता सञ्जय दत्त यतिबेला परिवारसँग अलग हुनुपरेका कारण तनावमा छन्। उनकी पत्नी मान्यता दत्त र दुई सन्तान अहिले दुबईमा छन्। बच्चाहरूको स्कुल बिदा भएपछि उनीहरू छुट्टी मनाउनका लागि दुबई गएका थिए। फिल्मको कामको व्यस्ताका कारण सञ्जय आफ्नो परिवारसँग दुबई जान सकेनन्।
सोही कारणमा एकाएक कोरोना भाइरसको संक्रमण बढेपछि भारत आउने अन्तर्राष्ट्रिय उडान बन्द गरियो। जसका कारण उनका परिवार दुबईमै फसेका छन्। यतिबेला श्रीमती र छोराछोरीले भारत फर्कन दिनदिनै फोन गरेपछि आफू तनावमा परेको यी अभिनेताले बताएका छन्।
एकातिर उनी घरमा एक्लै छन्। यो लकडाउनको बेला परिवारलाई समय दिन चाहेका यी अभिनेताले परिवार दुबईमा फसकेपछि झन् तनाव झेल्नुपरेको छ। भारतले आफ्ना नागरिकलाई दुबईबाट फिर्ता ल्याउन जहाज पठाएको खण्डमा सञ्जयका परिवार मुम्बई आउन पाउनेछन्।
Facebook Comments


























