काठमाडौं, बैशाख ४ । अमेरिकी डलरको भाउ फेरि सर्वाधिक उचाईमा पुगेको छ।
केन्द्रीय बैंकका अनुसार बिहीबार एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ०१ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६१ पैसा कायम भएको छ। विश्वको अर्थतन्त्र नै संकुचन हुँदैछ। लगानीका अन्य क्षेत्र साँघुरिएका छन्। विश्वका प्रमुख सेयर बजारहरुमा गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको माग ह्वात्तै घटेको छ।
जसका कारण उत्पादन कटौतीका निर्णय भएका छन्। यसर्थ, तेलमा पनि लगानीकर्ताको आकर्षण कम छ। यस्तो बेला लगानीकर्ता डलरतर्फ आकर्षित भएका हुन्। डलर चुलिंदा नेपालले फाइदा र बेफाइदा दुवै हुन्छ। तर अहिले पर्यटन र विप्रेषण दुवै ठप्प प्रभावित भएकाले लाभ लिन सक्ने अवस्था कम छ।
Facebook Comments


























