चितवन, बैशाख ४ । चितवन राष्ट्रिय निकुञ्जको राप्ती नदीमा एक पुरुष मृत फेला परेका छन। निकुञ्जका बटुकदल गणका प्रमुख सेनानी अरुण श्रेष्ठका अनुसार रत्ननगरनगरपालिका वडा नम्बर ७ मालपुर बस्ने लालकुमार राउत बुधबार मृत फेला परेका हुन्।
उनी मंगलबारबाट हराएका थिए। उनको शब पानीभित्र गडेको अवस्थामा खैरहनी नगरपालिकास्थित इचर्नीघाटमा फेला परेको हो। उनको मृत्यु गोहीको आक्रमणबाट भएको हुनसक्ने आशंका गरिएको छ। उनको शबलाई परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको छ।
Facebook Comments


























