काठमाडौं, बैशाख ४ । बुधबार साँझ महाराजगंजमा डाक्टरलाई कुटपिट गर्ने डिएसपी उमेश लम्साल महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी (मेट्रो) तानिने भएका छन्।
लम्साललाई जिम्मेवारीबाट हटाएर अनुसन्धान गर्नुपर्ने भएकाले मेट्रो तानेर अनुसन्धान गरिने डिआइजी विश्वराज पोखरेलले बताए।
बुधबार साँझ ड्युटी सकेर फर्किएका त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र कान्ति बाल अस्पतालका डाक्टरमाथि कुटपिट समाचार नेपाल लाइभमा प्रकाशित भएको थियो।
Facebook Comments


























