चितवन, बैशाख ४ । भरतपुर कारागारमा रहेका एक कैदीको क्यान्सरका कारण मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका १४ का प्रितमबहादुर कार्कीको उपचारको क्रममा आज राति पौने १ बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो।
कारागारका जेलर कमल काफ्लेका अनुसार कार्की ब्राउन सुगर मुद्दामा २०७३ भदौ १४ देखि कैद भुक्तान गर्दै आएका थिए। २०७४ माघ १६ गते काठमाडौंको जगन्नाथदेवल कारागारबाट उपचारका लागि उनलाई भरतपुर कारागारमा स्थानान्तरण गरिएको थियो।
उनी लामो समयदेखि पेटको क्यान्सरबाट ग्रसित थिए। उनलाई जिल्ला अदालत, बांँकेले ६ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।
Facebook Comments


























