महोत्तरी, बेशाख ३ । महोत्तरीको गौशाला नगरपालिकामा जङ्गली जनावर नीलगाई मृतावस्थामा फेला परेको छ।
जिल्ला वन कार्यालयका अनुसार गौशाला नगरपालिका—१ स्थित एभरेष्ट चिनी मिलमा नीलगाई मृतावस्थामा फेला परेको हो। वनमा डढेलो लागेका कारण वनबाट भागेर चिनी मिलमा लुकेर बसेको नीलगाई सोही चिनी मिलमा मृतावस्थामा फेला परेको जिल्ला वन कार्यालयका प्रमुख हेमन्त साहले बताए।
अहिले दैनिक रुपमा वनमा डढेलो लाग्ने गरेकाले आगोको डरले वन्यजन्तुहरु वन छाडेर गाउँवस्तीतिर पस्ने गरेका छन्। सोही क्रममा वैशाख १ गते चिनीमिलमा पसेर फँसेको नीलगाई मृत फेला परेको प्रमुख साहले बताए। नीलगाई चिनी मिलमा फँसेको जानकारी पाएपछि स्थानीयवासीको सहयोगमा जिल्ला वन कार्यालयबाट उद्धारका लागि पुगेका टोलीले सो नीलगाई मृतावस्थामा फेला पारेको उनले जानकारी दिए। रासस
Facebook Comments

























