सिन्धुली, बैशाख ३ । सिन्धुलीमा खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा घ्याङलेख गाउँपालिका–५ अपजसे टोलका ४९ वर्षीय मानबहादुर वाइबालाई प्रहरीले पक्राउ गरेको छ।
वाइबाले आफ्नी छोरीलाई हेला गरेको विषयलाई लिएर सम्धी र सम्धिनी नाता पर्ने २ जनालाई खुकुरी प्रहार गर्दा घाइते भएको बनाएको भन्दै प्रहरीले मङ्गलबार दिउँसो पक्राउ गरेको हो।
प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। घाइते दुवै जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
Facebook Comments


























