काठमाडौं, बैशाख ३ । नेपाल राष्ट्र बैंकले ५ र १० रुपैयाँको नोट छाप्ने जिम्मा चिनिया कम्पनीलाई दिएको छ।
नेपाल राष्ट बैंकले नोट छाप्न बोलपत्र आह्वान गरेकोकम त्यसको टेण्डर चिनियाँ कम्पनीले हात पारेको हो। यो जिम्मेवारी चाइना प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले पाएको हो।
अव सो कम्पनीले १० रुपैयाँदरको ३४ करोड थान र ५ रुपैयाँदरको ३० करोड थान नोट छाप्नेछ। मुद्रा व्यवस्थापन विभागले १० रुपैयाँदरको नोट ४१ लाख ४० हजार ४ सय डलरमा खरिद सम्झौता गरेको हो।
यता ५ रुपैयाँ दरको नोट ४३ लाख ९७ हजार ५ सय डलरमा खरिद सम्झौता भएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ।
Facebook Comments


























