बारा, बैशाख २ । बाराको करैयामाइ गाउँपालिका–५ तेतरीया टोल बस्ने ६० वर्षीय उदयमान सहनीको करेन्ट लागेर मृत्यु भएको छ।
मोटरबाट खेतमा पानी हाल्ने क्रममा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागि गम्भीर घाइते भएका उनको कलैया अस्पताल बारातर्फ लैजाने क्रममा सोमबार राति बाटोमै मृत्यु भएको हो।
Facebook Comments


























