बैशाख १ । कोरोना भाइरस फैलिनबाट रोक्नका लागि विश्वमा फरक फरक उपायहरु अपनाईरहिएको छ। कोरोनाको प्रकोपबाछ आक्रान्त बनेको टर्कीमा पनि बिभिन्न नियमहरु बनाईएको छ।
आफ्ना जनतालाई झनै सुरक्षा दिन भन्दै टर्की सरकारले गत शुक्रवार देशका ४८ शहरमा कर्फ्यू लगाउने निर्णय गरेको थियो। लकडाउन हुन जम्मा २ घण्टा बाँकी रहँदा खानेकुराहरु किन्न भन्दै हजारौँ मानिसहरु बिना मास्क नै घरबाहिर निस्किएका थिए।
जस कारण टर्की सरकारको चर्को आलोचना भयो। उक्त आलोचना पछि टर्कीका गृहमन्त्री सुलेमान सोयलुले आईतवार राती गृहमन्त्रीको पदबाट राजिनामा दिएका छन्।
सरकार र आफ्नो चर्को आलोचना भएको भन्दै उनले आईतवार राती नै गुहमन्त्रीको पदबाट राजिनामा दिएका हुन्। सोयलु राष्ट्रपति रीसप तैय्यप एर्दोगनको सरकारमा एक वरिष्ठ मन्त्री हुन्।
ट्वीटरमा एक पोस्ट गर्दै गृहमन्त्री सोयलुले भने, ‘मैले महामारी फैलिनबाट रोक्नको लागि ‘विकेन्ड कर्फ्यू’ लगाउने घोषणा गरेको थिएँ, त्यहि बेला हजारौँ मानिसहरु सामान किन्न भन्दै बिना मास्क बाहिर निस्किए, त्यसपछि सरकारको चर्को आलोचना भयो, मैले उक्त जिम्मेवारी लिँदै गृहमन्त्रीको पदबाट राजिनामा गरेको हुँ।’
उनले शुक्रवार राती ३१ शहरमा ४८ घण्टाको लागि विकेन्ड करफ्यू लगाउने घोषणा गरेका थिए। जब लकडाउन लाग्न २ घण्टा बाँकि थियो तब, हजारौँ मानिसहरु बिना मास्क नै सामान किन्न भनेर पसल तिर दौडिन थाले।
त्यसपछि टर्की सरकारको अत्याधिक आलोचना शुरु भएको थियो। त्यसलगत्तै गृहमन्त्री सोयलुले पूरा जिम्मेवारी आफूले लिँदै राजिनामा दिएका हुन्।
टर्कीका राष्ट्रपतिले गृह मन्त्रिको राजिनामा भने अहिलेसम्म स्वीकार गरेका छैनन्। टर्की कोभिड १९ बाट अत्याधिक प्रभावित देशमा पर्दछ। अहिलेसम्म टर्कीमा १ हजार १९८ जनाको ज्यान गईसकेको छ भने ५६ हजार ९५६ जनालाई संक्रमण भएको छ। एजेन्सीको सहयोगमा


























