सोल, बैशाख १ । उत्तर कोरियाली नेता किम जोङ उनले हालै आफ्नो राज्य मामिला आयोगमा व्यापक फेरबदल गरे।
सोमबार उत्तर कोरियाली मिडियाका अनुसार सोमबार नेता किमले एकतिहाइ सदस्यहरुलाई हेरफेर गरे। २०११ म सत्तामा आएदेखि नै नेता किमले राज्यसत्तामा पकड जमाइसकेका छन्। उच्चस्तरीय निर्णयक निकाय मानिने सर्वोच्च जनसभाको प्रमुखको रुपमा उनी स्थापित छन्।
दुर्लभ रुपमा हुने जनसभाको बैठक यही आइतबार किमले बोलाएका थिए। जहाँ १३ मध्ये पाँच सदस्यलाई प्रतिस्थापन गरेका हुन्। पोलिटब्यूरो समितिको अध्यक्षता गरेको भोलिपल्ट किमले भूमिका विहीन संसदका सदस्हरुमाझ कोरोना भाइरसको महामारी रोकथामका लागि कडा रुपमा प्रस्तुत हुन आह्वान गरे।
यद्यपि उत्तरमा हालसम्म कोरोना संक्रमित एकजना पनि नभेटिएको यहाँको सरकारले बताउँदैआएको छ। महामारी विरुद्ध राज्य आपतकालिन अभियान जारी राखिने मन्त्रीपरिषद्को निर्णय थियो।
तर यहाँको सरकारी मिडियाले सार्वजनिक गरेका तस्बिरमा सयौँ विधायकहरु बैठकमा अन्य अवस्थामा झैँ विना मास्क एकअर्कासँग नजिकै बसिरहेका देखिन्थे। जहाँ नेता किम भने देखिएका थिएनन्।
उत्तर कोरियाले कम्तिमा ७ सय जनामा कोरोना भाइरसको परीक्षण गरी ५ सय भन्दा धेरैलाई क्वारेन्टाइनमा राखेको जनाएको छ। तर विश्व स्वास्थ्य संगठनले पनि त्यहाँ संक्रमित संख्या नभएको गत साता जनाएको छ।
तर जनताको जीवन बचाउने उद्देश्यले महामारी रोकथामका लागि आपतकालिन अभियान जारी राखिने बताइएको छ। उत्तरले यसअघि नै कोरोना प्रभावित छिमेकी देश चीन र रुससँगका सीमा बन्द गरिसकेको छ।


























