काठमाडौं, चैत्र ३० । नेपालमा ३ जना भारतीय नागरिकमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुने मानिसको संख्या १२ पुगेको छ। वीरगञ्जको छपकैया जामे मस्जिदबाट नियन्त्रणमा लिइएका ३ जना भारतिय नागरिकमा कोरोनाको परिक्षण गर्दा पोजेटिभ देखिएको हो।
कोरोना देखिएका ३ जानाकै अहिले अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ। वीरगञ्जमा ३ जनामा कोरोनाको संक्रमण देखिएपछि सो स्थान सिल गर्ने तयारी गरिएको जनाइएको छ।
३ जना भारतीय नागरिकमा कोरोना देखिएको खबरपछि त्यहाको क्षेत्रलाई स्थानीय प्रशासनले सिल गर्ने तयारी गरेको जनाइएको छ।
Facebook Comments


























