काठमाडौं, चैत्र २९ । नेपालमा कोरोनभाइरस संक्रमितको उपचार भइरहेको छ। आठ जना अहिले विभिन्न अस्पतालमा रहेका छन्।
उनीहरु सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नियमित प्रेस ब्रिफिङमा उनले आठै जनाको अवस्था सामान्य भएको बताएका हुन्।
‘काठमाडौंमा हुनुभएका दुई जना र बाहिर हुनु भएका अन्य छ जनाको स्वास्थ्य अवस्था सामान्य छ,’ ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भनेका छन्, ‘अहिलेसम्म ४ हजार ४ सय २६ जनाको नमूना परीक्षण गरिएको छ।’
Facebook Comments

























