काठमाडौं, चैत्र २९ । आज साँझ काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रको मौसम बदली भएको छ।
विहानसम्म घाम लागिरहे पनि दिउँसोदेखि आकाशमा बादल देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार साँझपख हावाहुरी चल्ने र हल्का वर्षा हुने सम्भावना छ।
स्थानीय वायुको प्रभावले मौसम बदली भएको र पहाडी क्षेत्रमा सामान्य वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ।
Facebook Comments


























