जाजरकोट, चैत्र २९ । सुत्केरी भएको ६ घण्टासम्म निरन्तर रक्तश्राव हुँदा डोल्पा ठूलीभेरी नगरपालिका –६ दुरगाउँ डोल्पाकी २२ वर्षीय लालुकुमारी रोकायको मृत्यु भएको छ।
शुक्रबार बेलुकीसम्म सुत्केरीको ज्यान बचाउन धेरै प्रयास गरीएको र जनिक स्वास्थ्य संस्थासमेत नहुँदा बचाउन नसकिएको स्थानीयवासी लक्ष्मी कार्कीले जानकारी दिइन्।
असुरक्षित रुपमा घरमै सुत्केरी भएकी रोकायलाई स्थानीय स्वास्थ्यकर्मी हरिबहादुर रोकायले सामान्य प्राथमिक उपचार गरेपनि बचाउन नसकिएको कार्कीले जानकारी दिइन्। मृतक रोकायले तेस्रो बच्चा जन्माएकी थिइन्।
आमाको मृत्यु भए पनि छोरीको स्वास्थ्य अवस्था राम्रो भएको बताइएको छ।
Facebook Comments


























