चैत्र २८ । कोरोना भाईरसको महामारीको कारण यसै वर्ष हुने एसिया कप अन्योलमा परेको छ। पछिल्लो समय कोरोनाको कारण सबै खेलकुद प्रतियोगिता स्थगित हुँदै आएको छ। त्यसैको मारमा एसिया कप समेत पर्ने देखिएको छ।
यद्दपी, पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष ईशन मणीले यसबारे निर्णय नभएको बताएका छन्।
‘एसिया कपबारे अहिले भन्न सकिने अवस्था छैन । यसको निर्णय समेत भएको छैन। अहिलेको अवस्थामा पुरै विश्व तनाबमा छ,’ अध्यक्ष मणीले भने, ‘सेप्टेम्बरमा थाहा छैन के हुनेछ। मलाई गलत नसम्झनुस, यसमा धेरै कुराको प्रभाव पर्नेछ। केही महिनामा सबै निर्णय हुने छ।’
यस वर्ष एसिया कप पाकिस्तानमा आयोजना हुने तालिका छ। तर, भारत र पाकिस्तानको सम्बन्धको कारण यूएईमा सर्न सक्ने बलियो सम्भावना रहेको छ।यसबारे समेत ईशानले केही महिनामा छलफल हुने र ठोस निर्णय लिने बताए।
यस पटकको एसिया कप टी-ट्वान्टी फर्म्याटमा हुनेछ। प्रतियोगिता सेप्टेम्बरमा हुने तालिका रहेको छ। एजेन्सी


























