काठमाडौं, चैत्र २७ । कैलाली र कञ्चनपुरबाट संकलन गरिएको एक सय ९८ जनाको नमुना मध्य ६६ वटा नमुना परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिए।
धनगढी उपमहानगरपालिका–५ मा स्थानीयमा पनि संक्रमण देखिएपछि क्वारेन्टाइनमा रहेका एक सय ९८ जनाको नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ल्याएको थियो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक सय ९८ जनाको नमुना मध्ये ६६ वटा नमुनाको परीक्षण सकिएको र सबैको रिपोर्ट नेगेभिट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले बताए।
Facebook Comments

























