कास्की, चैत्र २७ । कास्कीका विभिन्न पालिकाले सञ्चालन गरेको क्वरेण्टीनमा रहेका ३६ जनालाई घर पठाइएको छ। गण्डकी प्रदेश सरकारको मातहतमा रही बनाइएका क्वरेण्टीनमा बसेकाहरुमा कोरोना भाइरसको कुनै लक्षण नदेखिएपछि उनीहरुलाई घर पठाइएको हो।
विदेशबाट आएका १६ जनालाई पोखराको मालेपाटनमा रहेको कृषि तालिम केन्द्रको क्वरेण्टीनमा राखिएको थियो। त्यसैगरी रुपा गाउँपालिकाको क्वरेण्टीनमा २० जना रहेका थिए।
१४ दिनसम्म क्वरेण्टीनमा राख्दा पनि कोरोनाको कुनै लक्षण नदेखिएपछि आ(आफ्नो घर पठाइएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।
उनीहरुलाई अझै एक हप्ता होम क्वरेण्टीनमा बसेर चिकित्सकको सल्लाह लिन आग्रह गरिएको शर्माले बताए। उनले होम क्वरेण्टीनमा बसेकाहरुमा पनि सङ्क्रमणको लक्षण नदेखिएको जानकारी दिए।
Facebook Comments


























