डडेल्धुरा, चैत्र २७ । डडेल्धुरामा घर भित्रै सलको पिङमा अल्झिएर एक बालकको मृत्यु भएको छ। आलिताल गाउँपालिका ७ बान्नीगडाका ६ वर्षीय बालक गणेश ठगगुन्नाको मृत्यु भएको हो।
घर भित्रै धुरीको खाबोमा खेल्नका लागि बनाइएको सलको पिङमा अल्झिएर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरीले निरीक्षक जनकबहादुर मल्लले जानकारी दिए।
मृत्यु भएका बालकलाई जोगबुडा अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ। थप रिर्पोट पोष्टमार्टमपछि आउने प्रहरीले जनाएको छ।
Facebook Comments


























