चैत्र २५ । स्पेनका तीन ठुला क्लब रियल मड्रिड, बार्सिलोना र एट्लेटिको मड्रिडका पूर्व प्रशिक्षक राडोमिर एन्टिकको निधन भएको छ। सर्बियाका प्रशिक्षक एन्टिकको आइतबार ७१ वर्षको उमेरमा मड्रिडमा निधन भएको हो।
स्पेनका तीनै क्लबले पूर्व प्रशिक्षक एन्टिकको निधन भएको पुस्टि गरेको छ। उनी लामो समयबाट पेनक्रिएटाईटिस नामक रोगबाट ग्रसित रहेका थिए। सन् १९९० को दशकमा निकै चर्चित प्रशिक्षक एन्टिकले एट्लेटिको मड्रिडलाई सन् १९९६ मा ला लिगा र कोपा डेल रे उपाधि दिलाएका थिए।
त्यसअघि उनले १९९१ देखि ९२ सम्म रियल मड्रिडको टिम हेरेका थिए । यस्तै उनले सन् २००३ सम्म बार्सिलोनाको टिम हेरेका थिए। उनले सन् २०१० को विश्वकपमा सर्बिया टिम हेरेका थिए।
च्याम्पियनसिप क्लब लुटोन टाउनका लिजेण्ड एन्टिकले सन् १९८२ मा क्लबलाई दोस्रो डिभिजनको लिग च्याम्पियन बनाएका थिए। एजेन्सी
Facebook Comments


























