इटहरी, चैत्र २४ । धरानमा डेंगु रोग देखिन थालेको छ। धरान उपमहानगरपालिकाका अनुसार अहिलेसम्म तीन जनामा डेंगु पुष्टि भइसकेको छ।
केही साताअघि धरानमा एकजनामा डेंगुको पुष्टि भएको थियो भने धरानकै एक मेडिकलमा बिरामी भएर स्वास्थ्य परीक्षण गर्न आएका थप दुईजनामा पनि डेंगुको पुष्टि भएको हो।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका कविराज रामबाबु यादवका अनुसार धरान–१२ की ५४ वर्षीया एक महिला र धरान–१५ का १९ वर्षीय किशोरमा डेंगु भेटिएको हो। ‘यसअघि एकजनामा लागेको डेंगु निको भइसकेको अवस्था छ,’ उनले भने, ‘घर वरिपरि पानी जम्ने खाल्डाखुल्डीका कारण पनि डेंगु लाग्ने गर्छ।’
Facebook Comments


























