बोस्टन, चैत्र २४ । नेपाली मूलका युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप २० मा पुगेका छन्।
आइतबार साँझ एबिसी टेलिभिजनमा प्रसारण गरिएको उनको प्रस्तुतिपछि उनी यो तहमा पुगेका हुन्। आर्थर गन उपनामले चिनिने दिवेश मिल्वाकीमा छानिएका थिए। उनले हवाई राज्यमा भएको २० जना छान्ने प्रतिस्पर्धामा बब मार्ली एन्ड द वेलर्सको ‘इज दिस लभ’ गीत गाएका थिए।
प्रस्तुतिमा जानुअघि उनले धेरै मान्छे सामुन्ने आफूले नगाएकाले डर लागेको बताएका थिए। २१ वर्षका पोखरेल करिव ६ वर्षअघि अमेरिका आएका हुन्। उनी क्यान्सस राज्यको विचिटामा बस्छन्।
यस प्रतियोगिताका जजहरू उच्च कोटीका संगीतकर्मी केटी पेरी, ल्युक ब्राउन, र लियोनेल रिची छन्।
Facebook Comments