चैत्र २४ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारण बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन उपचारका लागि अस्पताल भर्ना भएका छन्।
यस अघि नै उनलाई कोरोना संक्रमण देखिएको थियो। चिकित्सकको सल्लाहअनुसार जोन्सन गएराति अस्पताल भर्ना भएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिएका छन्।
प्रधानमन्त्री जोन्सनमालाई दस दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो। साथै त्यतिबेलैदेखी जोन्सनमा कोरोना संक्रमणका लक्षण लगातार उस्तै देखिइरहेकाले सावधानीका लागि अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले निकालेको विज्ञप्तिमा उल्लेख छ।
जोन्सनलाई कोरोना संक्रमणको पुष्टि भएसँगै आइसोलेसनमा राखिएको थियो। भने उनले मन्त्रीपरिषदको बैठक त्यहिबाट सम्हाल्दै आएको स्रोतले जनाएको छ। एजेन्सी
Facebook Comments


























