चैत्र २४ । फिलिपिन्समा कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि गरिएको लकडाउन तोड्नेमाथि गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ।
दक्षिण अगुसान प्रान्तको नासिपित शहरमा बिहीबार एक ६३ बर्षीय पुरुषमाथि प्रहरीले गोली चलाएको हो। लकडाउन नतोड्न आग्रह गर्दा गर्दै प्रहरीमाथी नै धारिलो हतियार देखाएर आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली प्रहार गरेको बताइएको छ।
यसअघि बुधबार त्यहाँका राष्ट्रपति रोड्रिगो डुटेर्टले लकडाउनको अवज्ञा गर्नेमाथि गोली चलाउने चेतावनी दिएका थिए।
Facebook Comments


























