चैत्र २४ । विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणबाट अस्ट्रेलियामा ३७ जनाको मृत्यु भएको छ। ५ हजार ७५० जना संक्रमित छन्।
संक्रमितमध्ये २ हजार ३१५ जना उपचारपछि निको भएका छन्। अहिले ३ हजार ३९८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। ९१ जनाको अवस्था गम्भीर छ।
अस्ट्रेलियामा वितेको २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। २०० मा नयाँ संक्रमण देखिएको छ। विश्वभर कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९ हजार ४१८ पुगेको छ।
विश्वका २०८ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ४ हजार ७२८ जनाले ज्यान गुमाएका छन्। यो भाइरस संक्रमितको संख्या १२ लाख ७२ हजार ७३७ पुगेको छ। २४ घण्टाको अवधिमा ७१ हजार २५४ नयाँ संक्रमित थपिएका छन्।
संक्रमितमध्ये २ लाख ६१ हजार ४८५ जना उपचारगरि घर फर्किएका छन्। अहिले ९ लाख ४१ हजार ८३४ मा भाइरसको संक्रमण छ। उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन्।
उपचारमा रहेकामध्ये ४५ हजार ६१९ को अवस्था गम्भीर छ।


























