अछाम, चैत्र २३ । अछाममा बाघको आक्रमणबाट ७० वर्षीया वृद्धा घाइते भएकी छिन्।
आज बिहान करिब ६स्३० बजे अछामको कमलबजार नगरपालिका वडा नम्बर ५ मा बाघको आक्रमण बाट अन्दाजी ७० वर्षीया बेलादेबी भण्डारी गम्भीर घाइते भएकी हुन्।
बाख्रा गोठमा बाघ पसेपछि बाघलाइ भगाउन जाँदा बाघले आक्रमण गरेको हो। आक्रमणबाट उनको टाउकोमा गहिरो घाउ भएको छ।
बिनायक स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि उनलाई हेलिकोप्टरमार्फत कोहोलपुर लगिएको अछामका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।
घाइते भण्डारी पूर्व सांसद एवम् नेकपा नेता सरद सिंह भण्डारीको आमा हुन्।
Facebook Comments