चैत्र २३ । भारतका ५० जना स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।
केही विशेषज्ञ चिकित्सकसहित ५० जना स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएको भारतीय स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
अस्पतालहरूमा सुरक्षा उपकरण अभावका कारण डाक्टर र अन्य स्वास्थ्यकर्मी सबैभन्दा बढी जोखिममा रहेको बताइरहँदा ५० जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण भएको सूचना बाहिरिएको हो।
योसँगै भारतमा अझ बढी त्रास बढेको छ। भारतमा आइतबार विहान ८ बजेसम्म कोरोना भाइरसको संक्रमणले ८६ जनाको मृत्यु भएको छ भने ३ हजार २७६ जनामा संक्रमण देखिएको छ।
Facebook Comments