चीन, चैत्र २३ । कोरोना भाइरस (कोभिड–१९) को खोपमा सफलता मिलेको चीनले दावी गरेको छ।
कोरोना भाइरसको खोप लगाइएका चिनियाँ स्वयमसेवकहरुको पहिलो टोली स्वस्थ भएसँगै खोपमा सफलता मिलेको उसले दावी गरेको हो। खोप लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहरु सबै स्वस्थ रहेको डेलीमेलले जनाएको छ।
उहानमा गरिएको उक्त पहिलो परीक्षणमा भाग लिएका १४ जना स्वयमसेवक फिर्ता भएका हुन् यद्यपि उनीहरुलाई अरु ६ महिना निगरानीमा राखिने बताइएको छ।
उक्त अवधिमा उनीहरुको रगतको नमूना लिएर एन्टीबडिजई सुष्म अनुसन्धान गरिनेछ। शुक्रबारसम्म १०८ जना स्वय्मसेवकहरुमध्ये १ जनाको सबै स्वास्थ्य परीक्षण ठीक रहेको जनाइएको छ।
Facebook Comments