रौतहट, चैत्र २२ । रौतहटको एउटा गाई फर्ममा आगलागी हुदा लाखौको क्षति भएको छ। रौतहटको चन्द्रपुर नगरपालिका वाड नं। २ जुडिबेलामा रहेको काशी गाई फर्ममा शनिबार बिहान आगलागी हुदा करिब ९ लाख बराबरको क्षति भएको हो। बिद्युत सर्ट हुदा गाई फर्ममा आगलागी भएको फर्मका संचालक नबराज उप्रेतीले जानकारी दिए।
आगलागीबाट एउटा घर पुरै जलेको र घरभित्र रहेको खाद्यन्न समानहरु जलेको उनले बताए। गाई फर्ममा ४ वटा उन्नत जातको गाई रहेको र गाईलाइ भने जोगाउन सफल भएको संचालक उप्रेतीले जानकारी दिए। उक्त आगलागी चन्द्रपुर नगरपालिकाको दमकल,प्रहरी,शसस्त्र प्रहरी,नेपाली सेना र स्थानियबासीको सहयोगमा निभाइएको थियो।
Facebook Comments