काठमाडौं, चैत्र २२ । नवलपरासीबाट एण्डिजको दूध बोकेर काठमाडौं आउँदै गरेको ट्यांकर दासढुंगामा दुर्घटनाग्रस्त भएको छ। लकडाउन उल्लंघन गर्दै चलाइएको मोटरसाइकलसँग ठोक्किँदा ट्यांकर दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा परी ना १ ख ७४८४ नम्बरको दूध बोक्ने ट्यांकरका चालक रमेश मगर सामान्य घाइते भएका छन् भने ट्यांकर सडकमा पल्टिएको छ। ट्यांकरसँग ठोकिएपछि ना १८ प ९३६८ नम्बरको मोटरसाइकलका चालक अन्दाजी ५० वर्षीय कृष्ण मगर घाइते भएका छन्। ट्याङ्करका सहचालक भने सामान्य घाइते भएका छन्।
उनको पछाडि बसेका मगरको सालो नाता पर्ने हिरा तामाङ पनि सामान्य घाइते भएका छन्। घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ।
Facebook Comments

























