इटहरी, चैत्र २२ । गर्मी मौसम सुरुभएसँगै डेंगु देखापर्न थालेकोछ। एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा लाग्ने डेंगु रोग धरानमा भेटिएको हो। अघिल्लो वर्षपनि डेंगुको इपिसेन्टर मानिएको धरानमा पुनः नयाँ बिरामी देखा परेका हुन्।
धरान ७ स्थित होटल सन्ध्या इनका स्टाफमा डेंगु भएको पुष्टि भएको छ। केही दिनदेखि टाउको दुख्ने र ज्वरो आउने भएपछि निजी क्लिनिकमा जाँच गराउँदा डेंगु भएको रिपोर्ट आएको हो। टाउको दुख्ने, आँखा दुख्ने र उच्च ज्वरो आएको कारण शंका लागेर चेक गराउँदा डेंगु पुष्टी भएको होटल संचालक रविन अधिकारीले बताए।
Facebook Comments