काठमाडौं, चैत्र २१ । लकडाउनका कारण देशका विभिन्न भागमा रोकिएका विभिन्न देशका पर्यटक उद्दारको काम आजबाट बन्द हुने भएको छ।
आज राति १२ बजेबाट पर्यटको उद्दारको काम रोकिन लागेको हो।
आज राति १२ बजेपछि पर्यटकहरु जहाँ छन् सामान्य अवस्था नभएसम्म त्यही बस्नु पर्ने नेपाल पर्यटन बोर्डले जनाएको छ। पर्यटन बोर्डका अनुसार देशका विभिन्न स्थानबाट पर्यटकहरु काठमाडौं आउने क्रम जारी रहेको छ।
यसैबीच शुक्रवार लुक्ला र फाप्लुबाट २८ जना पर्यटकको उद्धार गरि काठमाडौं ल्याइएको छ भने आजै पोखराबाटसमेत दुई वटा बसमा पर्यटकरु काठमाडौं आइरहेका छन्।
काठमाडौं आएका पर्यटकलाई भने सम्बन्धित देशको समन्वयमा उद्धार गरिने पर्यटन बोर्डले जनाएको छ। नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार लकडाउन शुरु भएयता देशका विभिन्न स्थानबाट १ हजार ७०८ जनाको उदधार गरिएको छ।
Facebook Comments


























